आज ६६ औँ राष्ट्रिय सहकारी दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

सहकारी

आज ६६ औँ राष्ट्रिय सहकारी दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै



काठमाडौं । नेपालमा औपचारिक रुपमा सहकारी अभियान सुरु भएको ६६ वर्ष भएको छ । २०१३ साल चैत २० गते चितवन जिल्लामा बखान सहकारी संस्था दर्ता भएको हो । सोहि दिनको सम्झनामा आज राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । दिवसको अवसरमा चैत्र २० गते बिहान ७ बजे राजधानीका विभिन्न ठाउँबाट ¥याली निकालिने भएको छ । -याली नयाँ बानेश्वर चोक, मैतिदेवीबाट रातोपुल धोबिखोला किनार, रत्नपार्कबाट भद्रकाली, बसन्तपुरबाट रत्नपार्क र भद्रकाली हुँदै माइतिघरमा भेला हुने छन् ।

यस्तै, ललितपुर कानदेवतास्थान राष्ट्रिय सहकारी बैंकको केन्द्रीय कार्यालय परिसरबाट थापाथली हुँदै माइतिघर भक्तपुर तीनकुनेमा भेला भई, नयाँवानेश्वर, बबरमहल हुँदै माइतिघर सम्पूर्णस्थानबाट आएको ¥याली माइतीघर मण्डला पुगेपछि भेला भई झांकी, ब्यानर र प्लेकार्डसहित माईतिघरमा कोणसभा गर्ने तय गरिएको छ ।

सहकारी दिवस ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने भावलाई सार्थक गर्न सहकारीका समसामयिक मुद्दाहरुलाई उजागर गर्न विभिन्न कार्यक्रमहरु भव्य रुपमा मनाउने योजना रहेको राष्ट्रिय सहकारी महासंघ नेपालले जनाएको छ ।

सहकारी विभागका अनुसार देशभर सहकारीको सङ्ख्या ३० हजार पुगेको छ । सहकारीले ८८ हजार ३ सयलाई रोजगारी दिएका छन् । सहकारीमा ७५ लाख मानिस आबद्ध छन् ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार ०५:४४