काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले चैत्र १९ गतेदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो ।
जसमा न्युनतम १० कित्ता र अधिकतम १० हजर कित्ताको लागि लगानीकर्ताले चैत्र २२ गतेसम्म आवेदन दिनसक्ने छन् । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजना र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना छ । ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु गरिसकेको छ ।
७ मेगावाटको माथिल्लो सुरिखोला आयोजनाको ब्यापर्तिक उत्पादन सुरु गर्नु पर्ने मिति २०७९ चैत्र ३० गते रहेको छ । यस आयोजनामा डोल्मा ईम्प्याक्ट फण्ड १ को २६ लाख ५ हजार ९ सय कित्ता शेयर लगानी रहेको छ ।
Comment