सीता हाईड्रोपावरको लापरवाहीले १७ वर्षीया किशोरीको मृत्यु, राजनीतिक आडमा २२ जना विरुद्ध मुद्दा दायरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सीता हाईड्रोपावरको लापरवाहीले १७ वर्षीया किशोरीको मृत्यु, राजनीतिक आडमा २२ जना विरुद्ध मुद्दा दायरा



काठमाडौं । सीता हाईड्रोपावरको लापरवाहीले १७ वर्षीया किशोरी रोजी लामाको मृत्यु भएको सीता हाईड्रोपावर पीडित संघर्ष समितिको दाबि छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय विक्रम तामाङले सीता हाइड्रोपावरले जलविद्युत निर्माणको लागि लगेको विद्युतका तारहरुको प्रयोगको लापरवाहीले मृत्यु भएको भन्दै उल्टै सीता हाइड्रोपावरले राजनीतिक आडमा जलविद्युत आयोजना तोडफोड गरेर स्थानीय २२ जना विरुद्ध मुद्दा दायरा गरेकोमा आपक्ति जनाए ।

उनले भने ‘नेसिमखोला जलविद्युत आयोजना र उक्त जलविद्युत आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरले जलविद्युत निर्माणको लागि समेटेको विद्युतका तारहरु लापरवाही प्रयोग गर्दा उक्त घटना नघुमेको हो । स्थानीयले घटना बारे वास्तविक छानबिन गरी पीडितलाई न्याय दिलाइयोस् भन्ने जोडदार माग गरेपनि छानबिन गर्नुको साटो उल्टै सीता हाइड्रोपावरले राजनीतिक आडमा जलविद्युत आयोजना तोडफोड गरेको एकतफी आारोप समाई करोडौको दियो सहित् अन्य ससम्बनै नभएका स्थानीय २२ जना विरुद्ध मुद्दा दायर भएको विषयले हामी विक्षिप्त बनेका छौं । ’

उनले जलविद्युत आयोजनाका सञ्चालक सिताराम तिमिल्सीनाले शक्तिको आडमा उल्टै पीडितलाई न्याय दिलाउनुको साटो सरोकारवाला निकायहरु विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण लगायत स्थानीय सरकार मौन रहेको आरोप लगाए ।

सत्ताको आडमा सोझासिधा गाउँलेमाथि डण्डा चलाउने क्रियाकलाप भईरहेको भन्दै उनले यो नरोकिएमा त्यसको शसक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी सम्म दिए ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलवार १७:१०