नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न, लगानी २ खर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न, लगानी २ खर्ब नाघ्यो



काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिदाँ गल्तीको सम्भावना कम भएको बताए ।

त्यस्तै कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादु थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जन गर्न कृषि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानीलार्इ विस्तार गर्दै लैजानुपर्ने बताए ।


त्यसैगरी शुभकामना सन्देश दिदैँ कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकोमाउक्तअवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको बताए ।

उनले कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न,सेवाग्राहीको नजिक पुग्ने उद्धेश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको जानकारी पनि दिएका छन् ।

प्रकाशित : ५ चैत्र २०७९, आईतवार १४:२९