काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड ६१ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा सिद्धार्थ बैंक र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ करोड ६१ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर थपिएको हो।
जसमा सिद्धार्थ बैंकको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता र विन्ध्यावासिनी हाइड्रोपावरको ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएका छन्। यी दुवैले आर्थिक वर्ष २०७८/७९मा वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Comment