भारतबाट घटेर आयो इन्धनको मूल्य, यस्तो छ नयाँ मूल्य सूची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

भारतबाट घटेर आयो इन्धनको मूल्य, यस्तो छ नयाँ मूल्य सूची



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आईओसीले पेट्रोलियम पदार्थको भाउ घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो।

नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलमा ८६ पैसा र डिजेलमा १.७४ रुपैयाँ घटेको छ। भारतबाट घटेर आए पनि आयाल निगमले इन्धनको मूल्य समायोजन गरेको छैन।

हाल बजारमा प्रतिलिटर पेट्रोल १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पर्छ।

प्रकाशित : २ चैत्र २०७९, बिहीबार १५:५८