काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सोमबार बसेको सञ्चालक समितिले गरेको यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले चैत २० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
सभाका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । चैत १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
Comment