सोमबारदेखि सगरमाथा र लुम्बिनी जनरल इन्सुरेन्सको सेयर कारोबार राेक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सोमबारदेखि सगरमाथा र लुम्बिनी जनरल इन्सुरेन्सको सेयर कारोबार राेक्का



काठमाडौं । सगरमाथा र लुम्बिनी जनरल इन्सुरेन्सको सेयर कारोबार सोमबारदेखि रोक्का रहने भएको छ । दुवै कम्पनीले १५ कार्यदिनका लागि सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएका हुन्।

सगरमाथा र लुम्बिनी इन्सुरेन्स एक आपसमा मर्ज भएर सोमाबर (फागुन २९ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ । तसर्थ, सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन २९ गतेदेखि १५ दिनसम्म सेयर कारोबार रोक्का गरिदिन दुवै कम्पनीले आग्रह गरेका हुन् ।

प्रकाशित : 12 March, 2023 12:11 pm