ठोरी । समाज परिवर्तनका लागि युवालाई समेट्ने गरी स्थापना भएको संस्था ‘युथ फर चेन्ज’ ले पर्साको ठोरीमा ३५ थान सडक लाइट जडान गरेको छ ।
संस्थाका अध्यक्ष छतेन्द्र आचार्यले ‘उज्यालो अभियान’ कार्यक्रम अन्तर्गत आइतबार ठोरी गाउँपालिका २ का वडाअध्यक्ष अमृतकृष्ण सापकोटाको रोहबरमा सो सडक लाइट जडान गरिएको जानकारी दिएका हुन् ।
३६ वाट क्षमता रहेको सो सडक लाइट ठोरी २ अन्तर्गत पर्ने हुलाकी सडकदेखि गौतमनगर मिलटोलसम्मको मुख्य सडकमा जडान गरिएको अध्यक्ष आचार्यले बताए । अभियानलाई सुरुवात गरिएको र निरन्तरता दिइने आचार्यको भनाइ छ ।
संस्थाले सोमबार ठोरी २ गौतमनगरस्थित सरस्वती माध्यामिक विद्यालय प्रांगढमा सांस्कृतीक कार्यक्रसहित होली विशेष कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रमको मिडिया पार्टनरका रुपमा राजधानी दैनिक, हाम्राकुरा डटकम, नेपाली रेडियो नेटवर्क तथा सामूदायिक रेडियो विजयवस्ती छन् । कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन एवम् संस्कृती संरक्षण गर्ने लक्ष्य यूथ फर चेन्जले लिएको छ ।
Comment