सानिमा र रिलायन्स लाईफले पाए संयुक्त कारोबारका लागी बीमा प्राधिकरणबाट स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सानिमा र रिलायन्स लाईफले पाए संयुक्त कारोबारका लागी बीमा प्राधिकरणबाट स्वीकृति



काठमाडौं । बिमा प्राधिकरणले सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सलाई एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको छ । यता, दुवै कम्पनीको फागुन १२ गते बसेका साधारण सभाले पनि मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

यसअघि गत असार २९ गते आयोजित कार्यक्रममा दुवै कम्पनीले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करो भन्दा धेरै पुग्नेछ ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार १६:१९