एक महिनामा जीबन बीमा कम्पनीले कमाए ११ अर्ब ७३ करोड बीमा शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक महिनामा जीबन बीमा कम्पनीले कमाए ११ अर्ब ७३ करोड बीमा शुल्क



काठमाडौं । माघ महिनामा जीबन बीमा कम्पनीहरुको बीमा शुल्क खुम्चिएको छ । एक महिना १८ वटा जीवन बिमा कम्पनीले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। जुन पुस महिनाको तुलनामा ३.२६ प्रतिशतले कम हो ।

पुसमा जीवन बिमा कम्पनीले १२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए । जीवन बिमा कम्पनीले एक महिनामा ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गर्दा प्रथम बिमा शुल्क २ अर्ब २७ करोड ९२ लाख रुपैयाँ छ । यस्तै नवीकरण बिमा शुल्क ९ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ ।

माघमा सबैभन्दा बढी बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले माघमा ३ अर्ब १ करोड ३० लाख १५ हजार रुपैयाँ आर्जन गरेको हो ।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनको १ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ छ भने नेसनल लाइफले १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

बिमा प्राधिकरणका अनुसार राष्ट्रिय बिमा प्राधिकरणले ३३ करोड ७८ लाख, मेट लाइफले ४० करोड ६ लाख, एसियनले ६४ करोड ५८ लाख, गुराँसले ३४ करोड १६ लाख, प्राइमले ३६ करोड ५६ लाख, आईएमईले ३६ करोड ७० लाख र युनियन लाइफले ७८ करोड ९८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै, सन नेपालले माघमा ३४ करोड ७५ लाख, रिलायन्स लाइफले २८ करोड ६ लाख, रिलायबल नेपालले २९ करोड ९२ लाख, सिटिजनले ४७ करोड ५७ लाख र सानिमा लाइफले २३ करोड ७९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार प्रभु लाइफले १८ करोड ८० लाख, महालक्ष्मी लाइफले १४ करोड ५० लाख र सूर्यज्योति लाइफले ७१ करोड ५ लाख ७२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार १५:३०