सुरु भयाे सिद्धार्थ र प्रिमियर इन्सुरेन्सको एकीकृत कारोबार, चुक्ता पुँजी २ अर्ब ४० करोड पुग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुरु भयाे सिद्धार्थ र प्रिमियर इन्सुरेन्सको एकीकृत कारोबार, चुक्ता पुँजी २ अर्ब ४० करोड पुग्याे



काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्सुरेन्स एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन् । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । दुई कम्पनी एक भएपछि चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार ११:४९