बुधबारदेखि एकीकृत कारोबार गर्ने तयारीमा सिद्धार्थ र प्रिमियर इन्सुरेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बुधबारदेखि एकीकृत कारोबार गर्ने तयारीमा सिद्धार्थ र प्रिमियर इन्सुरेन्स



काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्सुरेन्स एक आपसमा मर्ज भएर बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका छ । दुवै एक भएपछि अब सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ।

बिमा प्राधिकरणले सिद्धार्थ र प्रिमियरलाई १ः१ सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो । यस्तै, दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

यता, बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएसँगै दुवै कम्पनीको कारोबार रोक्का भएको छ । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलवार ११:३१