निर्जीवन बीमा कम्पनीले बीमा शुल्क बापत उठाए करिब ३ अर्ब बीमा शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीले बीमा शुल्क बापत उठाए करिब ३ अर्ब बीमा शुल्क



काठमाडौं । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीहरुले २ लाख ४१ हजार २५१ वटा बीमालेख जारी गरेर २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

जुन १८ निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जक एक महिनाको अबधिमा २७.३८ प्रतिशतले घटेको देखिन्छ । गत पुष महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

यस अवधिमा १८ मध्ये ६ कम्पनीको बीमा ब्यवसाय बढेको छ भने १२ कम्पनीको ब्यवसाय घटेको छ । एक महिनाको अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्म ३८५.६५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । पुष महिनामा ५ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले माघ महिनामा २९ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा बीमा ब्यवसाय बढाउने कम्पनीमो ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २४.४७ प्रतिशतले ब्यवसाय बढाएको छ । साथै, नेशनल इन्स्योरेन्सले ९.५५ प्रतिशत, अजोड इन्स्योरेन्सले ८.१२ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सले ३.९१ प्रतिशत र युनाइटेडले ३ प्रतिशतले निर्जीवन बीमा ब्यवसाय बढाएको छ ।

साथै पुष महिनाको तुलनामा माघ महिनामा सबैभन्दा बढी व्यवसाय खस्किने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको यस अवधिसम्म ब्यवसाय ७०.५० प्रतिशतले घटेको छ । पुष महिनामा १ अर्ब ११ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले माघ महिनामा जम्मा ३२ करोड ७९ लाख रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १४:४२