काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. को २६औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष राम कृष्ण मानन्धरको अध्यक्षतामा विहिबार लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीले २०७७/०७८ आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०७८/०७९ मा १८.७६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै ३ अरब १० करोड बराबर बीमा शूल्क आर्जन गरी एनएफआरएस अनुसार ३७ करोड ८ लाख ८० हजार खूद मूनाफा आर्जन गरेको छ ।
उक्त साधारण सभाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पुजीको १२.४० प्रतिशत बोनश शेयर र सो मा लाग्ने कर समायोजनार्थ ०.६५२६ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको प्रस्ताव, कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सो संग सम्बन्धित सम्पुर्ण अनुसूचीहरु पारित गरिएको जनाएकाे छ ।
साथै, कुल दावी भूक्तानी तर्फ यस आर्थिक बर्ष गत बर्षको तूलनामा ३९.३४ प्रतिशतले बृद्धि गरि एक अरब ८५ करोड ६० लाख ६७ हजार भुक्तानी गरेको छ ।
नेपाल वीमा प्राधिकरणको सैद्धान्तिक सहमति पत्र बमोजिम २० प्रतिशत संस्थापक शेयरलाई समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समुहमा परिणत गर्ने प्रस्ताव पारित भएको जनाएको छ ।
मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनि जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर कायम हूने गरि निर्धारण गरिएको शेयर आदन प्रदान अनुपात हुने गरि गरिएको मर्जर प्रस्ताव पारित सभाबाट भएको जानकारी गराउदै मर्जर पछि बन्ने सगरमाथा लुम्बिनि इन्स्योरेन्स कं. लि., एक उत्कृष्ट निर्जिवन बीमा कम्पनीको रुपमा स्थापित हुने विश्वास कम्पनीले ब्यक्त गरेको छ ।
Comment