स्वास्थ्य बीमा बोर्डले गर्‍यो ६ अर्ब ९१ करोड दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वास्थ्य बीमा बोर्डले गर्‍यो ६ अर्ब ९१ करोड दाबी भुक्तानी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ६ अर्ब भन्दा बढी दाबी भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ६ अर्ब ९१ करोड ७१ लाख ९७ हजार १४१ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षमा बोर्डले पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको थियो ।

बोर्डको भदौं २० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निर्णय गरेको थियो ।

बोर्डले दोस्रो पटक ६६ करोड १ लाख ५५ हजार ६८ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डको असोज १४ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निणर्य गरेको थियो ।

बोर्डले तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डको कात्तिक २९ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निर्णय गरेको थियो ।

बोर्डले बोर्डमा आवद्ध भएका सेवा प्रदायक संस्थाहरुलाई चौथो पटक १ अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डको पुस २५ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निर्णय गरेको थियो ।

यस्तै, बोर्डले पाँचौ पटक १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९ सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डको माघ १० गते बसेको बैठकको निर्णय बमोजिम बोर्डले माघ २९ गते बोर्डमा आवद्ध भएका ३३३ वटा सेवा प्रदायक संस्थालाई उक्त रकम भुक्तानी गरेको हो ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार १३:५२