ललितपुर । ललितपुरको पाटन संयुक्त क्याम्पसका आंशिक प्राध्यापक दिनदयाल रेग्मीले आइतबारदेखि क्याम्पस परिसरमै आमरण अनशन शुरु गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको स्थापित मान्यता अनुसार कम्तिमा एक बर्ष प्राध्यापन गरेका आंशिक प्राध्यापकहरुलाई आवश्यक्ता, औचित्यता, ज्येष्ठताका आधारमा प्रक्रियागत हिसाबले व्यवस्थापन गर्नुपर्ने भएपनि प्रशासनले त्यसो नगरेको भन्दै उनले अनशन शुरु गरेको बताएका छन् ।
अनशन बस्नुअघि प्राध्यापकहरुले क्याम्पसलाई एक पत्र लेख्दै पटक पटक गरिएका मागहरुलाई अवमूल्यन गरेको, आंशिक प्राध्यापकहरुको व्यवस्थापन प्रक्रिया अघि बढीरहेको सन्दर्भमा उल्लेखित कुनै पनि आधार र कारणको पालना नगरी सबै विभाग साथै विषयलाई विभेद गरेको उल्लेख गरेका छन् । उनीहरुले संकुचित ढंगले अघि बढाइएको व्यवस्थापन प्रक्रिया तत्काल रोकेर बढी भन्दा बढी आंशिक प्राध्यापकहरुलाई समेट्न समेत माग गरेका छन् ।
आमरण अनशनसँगै आंशिक प्राध्यापक कपिल कार्कीको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरिएको छ । समितिको सह संयोजकमा मधुसुधन सिग्देल छन् । त्यस्तै सदस्यहरुमा अरविन्द कुमार सिंह, सुनिल रावल र अजित पौडेल रहेका छन् । आइतबार विहानबाट शुरु भएको अनशनप्रति ५० बढी व्यक्तिले ऐक्यवद्धता जनाएका छन् ।
Comment