प्राइम लाइफ इन्स्योरेन्सको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्राइम लाइफ इन्स्योरेन्सको नाफा घट्यो



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ०.२५ प्रतिशतले बढेर १७ करोड ४७ लाख रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा खुद बीमाशुल्क आर्जन भने घटेकाे छ । इन्स्योरेन्सले २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि तुलनामा ३.४८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ३२ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९२ करोड ९८ लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब ४८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरी १० करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३ अर्ब १४ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ, बीमा कोषमा २० अर्ब ७६ करोड ५५ लाख रुपैयाँ र महावित्ती कोषमा १९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १३ पैसा, प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ५१.१४ गुणा रहेको छ ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार १५:४४