बार्षिकोत्सवको अवसरमा जेष्ट आइडियोलोजी साकोसको विविध कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

बार्षिकोत्सवको अवसरमा जेष्ट आइडियोलोजी साकोसको विविध कार्यक्रम



काठमाडौं । खिचापोखरी न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले विबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ।

संस्थाले बृहत रक्तदान, निःशुल्क दन्त शिविर, आयुर्वेदिक स्वास्थ्य परामर्श साथै जेष्ठ सदस्य सम्मान कार्यक्रम गरि संस्थाको १३ औं बार्षिक उत्सव मनाएको हो ।

माघ २५ गते काठमाडौं स्थित संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सहकारी विज्ञ दिपक प्रकाश बाँस्कोटाको प्रमुख आतित्थ्यता रहेको थियो ।

बास्कोटाले मुलुकको सहकारी क्षेत्रले वर्षेनी राज्य कोषमा अर्बौ रुपैयाँ राजश्व बुझाउँदा पनि राज्यले उपेक्षा गरेको बताए । उनले मुलुकको संविधानले सहकारीलाई तीन खम्बे अर्थतन्त्रको एउटा खम्बाकोरुपमा स्वीकार गरेको अवस्थामा पनि राज्यले यस क्षेत्रलाई उचित प्राथमिकता नदिएको गुनासो गरे ।

सो अवसरमा संस्थाले नेपाल स्वयमसेवी रक्तदाता समाजलाई ५१ हजार १३ रुपैयाँ आर्थिक सहयोग सहित सम्मान गरेको छ । साथै हाल सम्म १ सय ७३ पटक रत्तदान गरिसकेका प्रेम सागर कर्माचार्यलाई पनि सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष कार्कीले संस्था मुलतः बचत तथा ऋणको कारोबार गर्दै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकास र सन्तुलन गर्ने उद्देश्यका साथ स्थापना भएको उल्लेख गर्दै संस्थाले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको र कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यसैबीच तेह्रौं वार्षिकोत्सवको अवसर पारेर संस्थाले शेयर सदस्यहरुहरुलाई सहुलियत दरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि ओजस आयुर्वेद हस्पिटल तथा रिसर्च सेन्टर र हिमाल डेन्टल हस्पिटलसंग सम्झौता गरेको छ ।

सम्झौता पश्चात अब दुबै हस्पिटलमा उपचार गराउँदा संस्थाका शेयर सदस्यहरुले उपचार शुल्कमा २५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट पाउने भएका छन् ।

संस्थाका अध्यक्ष हेम कार्की, ओजस आयुर्वेद हस्पिटल तथा रिसर्च सेन्टरका व्यवस्थापक सानु लामा र हिमाल डेन्टल हस्पिटलका प्रवन्ध निर्देशक डा. राजेन्द्र प्रसाद भट्टले छुट्टाछुट्ट्रै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

मुख्य कार्यालयका व्यवस्थापक आरती श्रेष्ठले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागी सदस्यलाई संस्थाका सचिव वावुराम आचार्यले स्वागत गरेका थिए ।

कार्यक्रममा प्याबसनका उपाध्यक्ष गोपाल प्रसाद आचार्य, राष्ट्रिय सहकारी बैंक न्यूरोड शाखा प्रमुख केदारनाथ उप्रेती, नेफ्स्कून न्यूरोड शाखा प्रमुख मनोज कार्कीलगायतका अतिथिहरुले पनि संस्थालाई सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार १४:५८