२१ प्रतिशत लाभांश दिने आदर्श लघुवित्तको घोषणा, शेयरधनीले २० प्रतिशत बोनस शेयर पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

२१ प्रतिशत लाभांश दिने आदर्श लघुवित्तको घोषणा, शेयरधनीले २० प्रतिशत बोनस शेयर पाउने



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार ११:०९