करोडौं चलखेलको सेटिङमा चार नर्सिङ कलेजले पाए सम्बन्धन, विवादमा सदस्य सचिव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

करोडौं चलखेलको सेटिङमा चार नर्सिङ कलेजले पाए सम्बन्धन, विवादमा सदस्य सचिव

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आर्थिक प्रलोभनमा परी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको पाइएको छ । सीटीईभीटीको परिषद् बैठकले मिर्चैया नर्सिङ, ओम शाही नर्सिङ कलेज भैरहवा, सामुदायिक नर्सिङ कलेज चितवन र लाइफगार्ड नर्सिङ कलेज विराटनगरलाई प्रभावमा परी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।

स्रोतका अनुसार आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका ती कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो । यहाँसम्मकी नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका कलेजको आप्mनै सय बेडको अस्पताल छैन ।

सीटीईभीटी उच्च स्रोतका अनुसार स्तर महाशाखाका निर्देशक टैलेन्द्र आचार्यको निर्देशनमा उनकै बहिनी–ज्वाई पर्ने कर्मचारी खेम पोखरेल र विजेश बस्नेतले अनुगमन गरी प्रभावमा परेर नर्सिङ कलेजलाई स्वीकृत दिन सिफारिस गरेका थिए । सदस्य सचिवले चिकित्सा शिक्षा आयोगसँग सेटिङ गरेर चार नर्सिङ कलेजलाई स्वीकृत दिएको स्रोतको दाबी छ । चार कलेज स्वीकृत दिँदा करोड बढीको चलखेल भएको आरोप सदस्यसचिवमाथि लागेको छ ।

यस विषयमा सदस्य सचिवको कामको निगरानी गर्नुपर्ने र सम्बन्धन स्वीकृत दिने उपाध्यक्ष खगेन्द्र अधिकारी पनि मौन बसेका छन् । उपाध्यक्ष अधिकारीकै मिलोमेतोमा कलेजलाई सम्बन्धन दिएको दाबी स्रोतको छ । सदस्य सचिवको यो कामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइएको छ ।

यसअघि २०६९ सालदेखि रोकिएको करिब १ हजार ५० भन्दा बढी कलेजमध्ये केहीलाई प्रभावमा परी एलओआई पत्र थमाउन सफल सदस्य सचिव काफ्लेले ती कलेजले सम्बन्धन पत्र पाउन आग्रह गर्दा पर्खनुस् भन्दै रोक्ने काम गर्दै आइरहेको बताइन्छ ।

सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले समेत यसमा ध्यान पु¥याउन सकेका छैनन् । उल्टै सीटीईभीटी नेतृत्वले मन्त्री खनालको सचिवालयलाई समेत नजिक बनाउन थालेको पाइएको छ । सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोर्षलाई तीनवर्षे कायम गर्ने निर्णय गरेसँगै काफ्लेलगायतका पदाधिकारी अनियमितता गर्ने कार्यमा व्यस्त रहेको स्रोतको दाबी छ ।

चिकित्सा शिक्षासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अपग्रेडिङ गर्न स्वीकृत दिनुपर्छ । आयोगले मापदण्ड पुगेका १ सय २२ मध्ये ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित : १० माघ २०७९, मंगलवार ०७:५८