दरम खोला हाइड्रो इनर्जीकाे ३९ लाख ५० हजार कित्ता आइपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

दरम खोला हाइड्रो इनर्जीकाे ३९ लाख ५० हजार कित्ता आइपीओ आउँदै



काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो।

दरम खोला हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्ति छ। बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रोका तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका छन्।

दरम खोला हाइड्रो इनर्जीको बागलुङको गलकोट नगरपालिका वडा नंं. ११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधीन रहेको छ। यो जलविद्युत आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार १२:४७