सुपर हेवा पावर कम्पनीको आइपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुपर हेवा पावर कम्पनीको आइपीओ आउँदै



काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । लिमिटेडले एकसय रुपैँया दरका ११ करोड ५४ लाख ३६ हजार रकम बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेसम्बन्धि सम्झौता गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

प्रकाशित : २७ पुष २०७९, बुधबार १६:०५