नेपालका कृषि सहकारी दक्षिण एसियामै उदाहरणीय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

नेपालका कृषि सहकारी दक्षिण एसियामै उदाहरणीय



काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १५ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसंग जोड्न सके मात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने बताए ।

उनले अर्थतन्त्र सुधारका लागि सरकार, सहकारी र निजी क्षेत्रलाई तीनखम्बे नीतिका रुपमा स्वीकार गरिसकेकोले अब आर्थिक समृद्धि मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार सहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको बताए । नेपाल कृषि प्रदान देश भएपनि कृषिको आयत प्रतिस्थापन हुन नसक्नुको कारण पहिल्याउँदै सुधारका कामहरुलाई सकारले पनि उच्च महत्वका साथ अगाडि बढाउने बताए ।

कार्यक्रममा सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री केशव बडालले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि खेलेको भूमिका प्रसंशा गर्न लायक रहेको बताए । उनलेले अहिले पनि कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । नेपालमा सहकारी आन्दोलनलाई उत्पादन र उत्पादकत्व बढाउने कार्यमा साना किसानहरुले महत्वपूर्ण योगदान दिन सकेको भन्दै बडालले सरकारले किसानका लागि आवश्यक पर्ने सबै ऐन नियम र कानुनहरु निर्माण गरिदिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई माथी उठाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले खेलेको भूमिकाप्रति आभार प्रकट गरे । उनले दक्षिण एसियाकै उदाहरणीय संस्थाका रुपमा केन्द्रीय संघले काम गरेको भन्दै राउटे किसान देखी सिमान्तकृत, दलित, जनजाती, पिछडिएको वर्गलाई एकीकृत गर्न सफल भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सहकारी विभागका रजिष्टार रुद्र पण्डितले नेपालमा विभिन्न किसिमका सहकारी रहे पनि खास सहकारी नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको बताए । उनले किसानहरुको हितमा काम गर्ने संस्थाका रुपमा नेपाल कृषि सहकारी केन्द्रीय संघलाई सहकारी विभागबाट सकारात्मक रुपान्तरणका लागि सदैव साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

सहकारी मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारमा उदाहरणीय कार्य गर्न सफल नेपाल कृषि सहकारी केन्द्रीय संघले अब कृषि र पशुजन्य उत्पादनका आफ्नै साना, लघु र ठूला उद्योग सञ्चालनका लागि काम गर्नुपर्ने आवश्यकता औल्याए । रजिष्टार पण्डितले अहिले सहकारीले आफ्नै उद्योग सञ्चालन गर्न केही कठिनाईहरु रहेको भन्दै आगामी दिनमा यि समस्याहरु समाधानका लागि आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : २१ पुष २०७९, बिहीबार १९:५७