कुमारी बैंकको सीइओमा अर्याल नियुक्त्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कुमारी बैंकको सीइओमा अर्याल नियुक्त्त



काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् । आइतबार (पुस १७ गते) बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सीइओ बनेका छन् । आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १२:२८