लुम्बिनी जनरल इन्स्योरेन्सले ७.३५ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी जनरल इन्स्योरेन्सले ७.३५ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले शेयरधनीहरुलाई कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार ११:२८