युनियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.३५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : १३ पुष २०७९, बुधबार ११:३६