नयाँ सरकारप्रति लगानीकर्ताको अपेक्षा के ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नयाँ सरकारप्रति लगानीकर्ताको अपेक्षा के ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा नेकपा एमालेका नेता विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन्। उनी तेस्रोपटक अर्थमन्त्री बनेका हुन्। विगतमा पाैडेल अर्थमन्त्री बन्दा शेयर बजार पनि उकालो लागेको थियो । पछिल्लो १५ महिनादेखि घट्दा धेरै व्यक्ति हतोत्सहित भएका थिए । अर्थमन्त्री बिष्णु पौडेलको कार्यकाल २०७२/७४ मा नेपालको इतिहासमा पूँजीबजारले रेकर्ड ब्रेक गर्न सफल भएको थियो । अर्थमन्त्रीपनि परिर्वतन भएको अवस्था छ । अब पुँजीबजार कता जाला ? के भन्छन् लगानीकर्ता ?

पुँजी बजारमैत्री अर्थमन्त्री पाउनु खुशीको कुरा हो

राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ

हाम्रो अपेक्षा भनेको पुँजी बजारलाई नजिक बाट बुझेको जानेको र लयमा लैजाने अर्थमन्त्री आउनुपर्छ भन्ने थियो । अहिले साच्चिकै बुद्धिजीवी, सक्षम, कुशल र सफल अर्थमन्त्रीलाई हामीले पाएका छाैँ । त्यसो त, समग्र अर्थतन्त्रमा नै सुधार भयो भने शेयर बजार पनि स्वतः सुधार हुँदै जान्छ । एउटा सरकार आउँदा शेयरबजार सुधार देखिने, अर्काे आउँदा ह्वात्त घट्ने प्रक्रिया बढेको थियो । तर, अब त्यो स्थिती नयाँ अर्थमन्त्रीले आउँन नदिने हिसाबले काम गर्नु हुँने छ । पुँजी बजारमैत्री अर्थमन्त्री पाउनु लगानीकर्ताहरुका लागि यो खुशीको कुरा भएको बताईन् । धेरै कामहरु पेन्डिङ मै छन् । यसको कार्यान्वयन पनि हेर्नुपर्ने हुन्छ । त्यसैले अर्थमन्त्री भएर आइरहेको अवस्थामा ती कामहरु पनि पूरा होस् भन्ने चाहेका छौं ।

लगानीकर्ताको मनोबल बृद्धि भएको छ

अम्बिका पौडेल
सभापति , नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम

नयाँ सरकार तथा अर्थमन्त्री आएसंगै पुँजीबजार विस्तारै चलाएमान हुने अपेक्षा छ। नयाँ सरकारले पहिलो बैठक राखि जुन निर्णय गरेको छ । यसबाट लगानीकर्ताको मनोबल बृद्धि भएको छ । पुँजीबजारमा मनोबल सबैभन्दा ठुलो कुरा हाे । आगामी दिनमा सरकारले साेहि अपेक्षा अनुरुपको काम गर्ने छ ।

नयाँ सरकारले अर्थतन्त्रलाई गतिशील बनाउने छ भने सबै क्षेत्रका व्यवसायीहरुको मनोवललाई उच्च बनाउने छ। वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्र गतिशील बनाउने प्रति आशाबादी छाैँ ।

पुँजीबजारको बाटोलाई फराकिलो बनाउनु पर्छ

छोटेलाल रौनियार
पूर्व अध्यक्ष, इन्भेष्टर्स फोरम नेपाल

नवनिर्वाचित सरकारले आगामी पुँजीबजारको बाटोलाई फराकिलो बनाएर लैजाने छ भन्ने विश्वास छ। त्यसैपनि पहिला उच्च विन्दु १८६० को रेन्जमा रहेको बजार अर्थमन्त्री विष्णु पौडेलको पालामा ३२५० पुगेको थियो । अर्थमन्त्री बिष्णु पाैडेलले पुँजीबजारलाई बिगार्ने भन्दापनि सुधारको बाटोमा लैजाने काम गरेका छन् । अर्थतन्त्र र पुँजीबजारमा जति अप्ठेरो परिथिती आएको छ । त्यो नयाँ सरकार आएसंगै माग महिनामा आउने मौद्रिक नितीको समिक्षामा मिलेर आउने छ ।

प्रकाशित : १२ पुष २०७९, मंगलवार १२:२८