साधना लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साधना लघुवित्तको २० प्रतिशत लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : ८ पुष २०७९, शुक्रबार ११:२९