नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानी



काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो ।

यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुवधिा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ ।

चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गरिदै आएको छ।

बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो। यो योजना सुरुवातबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकहरुलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ । नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १४:०७