सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सगरमाथा इन्स्योरेन्सको १३.१५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : ६ पुष २०७९, बुधबार १२:०२