वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शुभम् पावरले निष्काशन गर्याे आइपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शुभम् पावरले निष्काशन गर्याे आइपीओ



काठमाडौं । शुभम् पावर लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो ।

यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा आवेदन दिने अन्तिम म्याद पुस २० गतेसम्म तोकिएकोे छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : ६ पुष २०७९, बुधबार ११:२७