एक सातामा २३ अर्ब थपियो निक्षेप, कर्जा लगानी भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक सातामा २३ अर्ब थपियो निक्षेप, कर्जा लगानी भने स्थिर



काठमाडौं। बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेको छ । एक सातामा वाणिज्य बैंकहरुमा २३ अर्ब रुपैयाँले निक्षेप बढेको हो।

नेपाल बैंकर्स संघका अनुसार मंसिर २३ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा उक्त निक्षेप २३ अर्ब रुपैयाँले बढेर मंसिर २९ गतेसम्म आइपुग्दा ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने भएको छैन । मंसिर २३ गतेदेखि २९ गतेसम्म बैंकहरुकाे कर्जा प्रवाह ४२ खर्ब २४ अर्ब रुपैयाँमा कायम रहेकाे छ । साथै निक्षेप बढेसँगै मंसिर २९ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने ८६.४० प्रतिशत रहेको छ।

प्रकाशित : ३ पुष २०७९, आईतवार १६:२२