लघुवित्तलाई मासिक रुपमा आधार दर प्रकाशन गर्न केन्द्रिय बैंकको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लघुवित्तलाई मासिक रुपमा आधार दर प्रकाशन गर्न केन्द्रिय बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त कम्पनीको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले गरेका ब्यबस्था कार्यन्वयनको लागि १ बुँदे निर्देशन जारी गरेको हो ।

जस अनुसार राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्न निर्देशन दिएको छ ।

यस अघि लघुवित्त वित्तीय संस्थाले मासिक रुपले आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने ब्यबस्था थियो। अब भने आधार दर मासिक रुपमा आफ्नो वेबसाइट मार्फत पनि प्रकाशन गर्नु पर्ने भएको छ ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार १७:२९