राधी विद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राधी विद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राधी विद्युत कम्पनीको हकप्रद शेयर सुचिकृत भएको छ । बुधबार कम्पनीको ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १४७.५२ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार १६:३६