सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा पुस १४ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा पुस १४ गते, यस्ता छन् एजेण्डा



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो।

सभामा बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभामा यस बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २२ मंसिर २०७९, बिहीबार १०:५७