विन नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

विन नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ५१ हजार २९३ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो।

संस्थाले साधारण सेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार १३:२९