काठमाडौं ९ मा एमालेका कृष्णगोपाल विजयी, गठबन्धन तेस्रो नम्बरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल विजयी, गठबन्धन तेस्रो नम्बरमा



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाइसमेत दिइसकेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । उनले १० हजार ४९० मत पाएका हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ९ हजार २६५ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमलाले ५ हजार ६४२ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १२:४१