नेप्से परिसूचक २५.५७ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक २५.५७ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार दिन आज बिहीबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से २५.५७ अंकले बढेर एक हजार ९ सय ३५ दशमलब ४६ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ४.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक बढेको छ। त्यस्तै, आज शेयर बजारसंगै कारोबार रकममा पनि सुधार देखिएको छ। आज नेप्सेमा एक अर्ब ७१ करोड ५४ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका २२३ कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि आज दुई कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिक्लेस हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३८८.४० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३४७.८० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ । यसको आज १४ करोड ३९ लाख १५ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहीबार १५:३५