फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा घटेर ३ करोड ३ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्ष यस अवधिकै तुलनामा ६३.८० प्रतिशतले कमी आएको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ३९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी २४.२० प्रतिशतले घटेर २० करोड ६६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्ष यस अवधिमा यस्तो आम्दानी २७ करोड २५ लाख ९८ हजार रुपैंया गरेको थियो। असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ८४ करोड ४४ लाख ५१ हजार रुपैंया पुगेको छ भने कम्पनीको एक अर्ब ८९ करोड २१ लाख ५५ हजार रुपैंया जगेडा कोषमा जम्मा भएको छ ।

यता, गत वर्ष १३ करोड १८ लाख ८० हजार रुपैयाँ आर्जन गरेको सञ्चालन नाफा यो वर्ष ४ करोड ८५ लाख ६० हजार रुपैयाँ नोक्सानमा छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा र प्रतिशेयर नेटवर्थ ३२४ रुपैयाँ ०७ पैसा छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहीबार ११:२१