शेयर बजारमा दोहोरो अंककाे वृद्धि, एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा दोहोरो अंककाे वृद्धि, एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १३.४० अंकले बढेर एक हजार ९ सय १० दशमलब २६ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स २.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९२ अंक बढेको छ। त्यस्तै, आज शेयर बजारमा सुधार देखिएपनि कारोबार रकम भने घटेको छ। आज नेप्सेमा एक अर्ब ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका २३२ कम्पनीमध्ये १४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५३.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ । यसको आज ६ करोड ३ लाख ३८ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार १५:४२