७.८८ अंकले घट्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

७.८८ अंकले घट्यो नेप्से



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य अंकले ओरालो लागेको छ । आज नेप्से ७.८८ अंकले घटेर एक हजार ८ सय ९६ दशमलब ६८ विन्दुमा झरेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा भने सुधार देखिएको छ । नेप्सेमा आज एक अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ९४ करोड ६० लाख ८९ हजार रुपैंया बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २२९ कम्पनीमध्ये ३४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये सिटिजन्स म्युचुअल फण्ड १ को शेयरमुल्य ४.५८ प्रतिशतले बढेर प्रतिकित्ता ८ रुपैंया पुगेको छ।

नेप्सेका अनुसार आज तारागाउँ रिजेन्सी र सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ८ करोड २२ लाख ३४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलवार १५:२४