शेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से १०.५४ अंकले घटेर एक हजार ८ सय ८१ दशमलब ०९ विन्दुमा झरेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका २२५ कम्पनीमध्ये ४४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा लक्ष्मी इक्विटी फण्डको शेयरमुल्य ७.९० प्रतिशतले बढेर प्रतिकित्ता ८.०६ रुपैंया रहेका छन् ।

नेप्सेका अनुसार आज नबिल ब्यालेन्स फण्ड २ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज १० करोड ३९ लाख ९६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार १५:२४