आइतबार ६ लघुवित्तले सार्वजनिक गरे वित्तीय विवरण, कुनकाे नाफा कति घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइतबार ६ लघुवित्तले सार्वजनिक गरे वित्तीय विवरण, कुनकाे नाफा कति घट्यो ?



काठमाडौं । आइतबार एकै दिन ६ वटा लघुवितले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । वित्तिय विवरण सार्वजनिक गर्नेमा निर्धन उत्थान लघुवित्त, मिर्मिरे लघुवित्त वित्तिय संस्था, स्वाभिमान लघुवित्त वित्तिय संस्था, नेरुडे लघुवित्त वित्तिय संस्था, समता लघुवित्त र गणपति लघुवित्त वित्तिय संस्था रहेका छन् ।

निर्धन उत्थान लघुवित्त

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्धन उत्थान लघुवित्तको खुद नाफामा ८३.८८ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा कम्पनीले ३ करोड २५ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले २० करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी पनि ६.९६ प्रतिशतले घटेर ४८ करोड ७६ हजार रुपैंयामा झरेको छ । निर्धन उत्थानको खराब कर्जा बढेपछि खुद नाफामा गिरावट आएको देखिन्छ । कम्पनीको खराब कर्जा ३.५९ प्रतिशतबाट बढेर ७.१४ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन नाफामा पनि ८३.८८ प्रतिशतले घटेर ४ करोड ६५ लाख रुपैंयामा सिमित रहेको छ । खुद नाफा घटेपछि निर्धनको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७२ पैसाले घटेर ५ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । गत वर्ष भने प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा थियो । हाल निर्धनको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा छ ।

मिर्मिरे लघुवित्त वित्तिय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा सो नाफा ४९.३८ प्रतिशतले थोरै हो । गत वर्ष यसले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने ३.६० प्रतिशतले बढेको छ । तर, यसको सञ्चालन नाफा भने ४९.३९ प्रतिशतले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ ।

हाल चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । यसको खराब कर्जा भने २ प्रतिशतबाट बढेर ३.४७ प्रतिशत भएको छ । साथै, यस अवधिसम्ममा प्रतिसेयर आम्दानी पनि घटेको देखिन्छ । गत वर्ष ५८ रुपैयाँ ५८ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यस अवधिसम्म आईपुग्दा ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ ।

स्वाभिमान लघुवित्त वित्तिय संस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्त ६७ लाख ८२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६८.२९ प्रतिशतले घटेर ६७ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्ष यस्तो आम्दानी २ करोड ११ लाख ७० हजार रुपैंया पुगेको थियो । त्यस्तै, यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी ६७ लाख ८२ हजार रुपैयाँ रहेको छ । गत वर्ष यस्तो आम्दानी ४८ लाख ९६ हजार रुपैयाँ गरेको थियो । नाफा घटेसँगै प्रतिसेयर आम्दानी ऋणात्मक बनेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा छ ।

नेरुडे लघुवित्त वित्तिय संस्था

नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा नाफा ६४.१४ प्रतिशतले थोरै हो । गत वर्ष यसले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी पनि ३६.५० प्रतिशतले घटेर १० करोड ९१ लाख ९६ हजारमा सिमित बनेको छ । पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन नाफा १ करोड ६९ लाख घाटामा रहेको छ । त्यस्तै, चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको यस नेरुडेको जगेडा कोषमा ८१ करोड ८७ लाख रुपैयाँ छ । यसको खराब कर्जा पनि ४.६८ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत भएको छ ।

यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३८ रुपैयाँ ५२ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा २७ रुपैयाँ १५ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ ।

समता लघुवित्त

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफा ४१ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो बर्षको तुलनामा ६३.७२ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको यस अवधिसम्ममा खुद ब्याज आम्दानी ५.७२ प्रतिशतले घटेर ४ करोड ९० लाख ६७ हजार रुपैयाँमा आएको छ ।
गत वर्ष १ करोड ८० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्थाले यो वर्ष २५ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९७ पैसा छ ।

गणपति लघुवित्त

गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १५४.६९ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा संस्थाले २७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस लघुवित्तले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिएको छ भने २ अर्ब २७ करोड ५२ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

यस अवधिसम्म संस्थाले ५६ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । असोज मसान्तसम्म सञ्चालन नाफा १५४.६८ प्रतिशतले बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा ३८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने १.६२ प्रतिशतले घटेर ३ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । गणपतिको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ करोड ६ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले बढेर ४ रुपैयाँ ५५ पैसामा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.१९ प्रतिशत पुगेको छ

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार १२:४५