ङादी ग्रुप पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ङादी ग्रुप पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार ङादी ग्रुप पावरको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापुँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गरेको थियो।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार १४:२५