नेप्सेको पुरानो वेबसाइट बन्द, आइतबारबाट नयाँ वेबसाइटमात्र चल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेको पुरानो वेबसाइट बन्द, आइतबारबाट नयाँ वेबसाइटमात्र चल्ने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ। नेप्सेले शुक्रबार सूचना जारी गरी पुरानो वेबसाइट बन्द गर्न लागिएको जानकारी गराएको हो।

हाल परीक्षणका रुपमा रहेको नेप्सेको नयाँ वेबसाइट भने आइतबार (कात्तिक २७ गते)बाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। अबउप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्यांक अद्यावधिक नहुने पनि नेप्सेले जानकारी गराएको छ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार १४:०९