३५ कम्पनीको १४ अर्ब ९७ करोड बराबरको आइपिओ पाइपलाइनमा , हेर्नुहोस् कुनको कति (सूची) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३५ कम्पनीको १४ अर्ब ९७ करोड बराबरको आइपिओ पाइपलाइनमा , हेर्नुहोस् कुनको कति (सूची)



काठमाडौं । यति बेला आइपिओ निष्कासनका लागि ३५ वटा कम्पनीहरू नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्। यी सबै कम्पनीले ६ करोड ५१ लाख ८ हजार ५ सय २३ कित्ता आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्ड ( सेबोन)मा आवेदन दिएका हुन्। सबै कम्पनीले जारी गर्न चाहेको आइपिओको जम्मा मूल्य १४ अर्ब ९७ करोड ७ लाख १८ हजार ५ पाँच सय ३५ रुपैयाँ बराबरको रहेको छ ।

२० वटा जलविद्युत समूहका कम्पनी, ४ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, ४ वटा अन्य समूहका कम्पनी, लघुवित्त समूहका २ वटा कम्पनी, २ वटा बीमा समूहका कम्पनी, होटेल तथा पर्यटन, लगानी र अन्य समूहका कम्पनी १–१ वटा छन्।

यसमध्ये रिलायबल लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन्। यस्तै, सर्बोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुकविल्डिङ्ग विधीबाट आइपिओ जारी गर्ने तयारीमा छन्। अन्यले भने एक सय रुपैयाँ अंकित दरमा नै आइपीओ बिक्रीमा ल्याउने छन्।

यी हुन पाइपलाइनमा रहेका कम्पनीहरु

१. रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि अनुमति माग्दै सेवोनमा आवेदन दिएको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँमा सेयर निष्काशनको अनुमति मागेको हो । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कानश गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

२. घोराही सिमेन्टले कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत साउन ९ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीको उक्त सेयरको प्रिमियम मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ र स्थानीय वासिन्दाका लागि प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्तालाई प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

३. सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न असार २८ गते सेवोनमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि २४ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा योग्य संस्थापक लगानीकर्ताहरुले न्यूनतम ५०१ रुपैयाँ देखि ७५१ रुपैयाँ ५० पैसा मूल्य भित्र रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

४. रिलायन्स स्पीनिङ्गले पनि बुक बिल्डिङ्ग मार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गर्न सेवोनसँग अनुमति मागेको छ । यदि कम्पनीले अनुमति पायो भने योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता न्युनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य भित्रर रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

५. मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा आईपीओ निष्काशनको अनुमति माग्दै गत फागुन २० निवेदन दिएको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । धितोपत्र बोर्डले यो कम्पनीलाई अन्य समूहमा राखेको छ ।

६. मोदी इनर्जीले ७२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ ३१ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काश तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

७. माई खोला हाइड्रोपावर १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ २२ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

८. डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन ४ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँको १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

९. सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ ९ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

१०. सोनापुर मिनरल्स एण्ड आयल कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लाग असोज ४ गते सेबानमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड २३ लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

११. मेन्छीयाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नका लागि साउन १८ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्याटिल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

१२. डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नका लागि सेबोनमा २०७७ साउन ३० गते आवेदन दिएको थियो । २ वर्ष बढी समय हुँदा पनि कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति प्राप्त गर्न सकिरहेको छैन् । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन मागेको हो । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ । तर, पछिल्लो समयमा आएर कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने पनि बताइरहेको छ ।

१३. हाथवे इन्ेष्टमेन्ट नेपालले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न सेबोनमा २०७८ चैत्र २५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता ५० सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

१४. आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ जेठ ३१ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

१५. मायाखोला हाइड्रोपावर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ बैशाख २८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

१६. भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र २ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

१७. मकर जितुमाया सीरु हाइड्रोपावर कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ बैशाख ८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

१८. नेपाल रिपब्लिक मिडिया ४३ करोड ५३ लाख रुपैंया बराबरको आईपीओ निष्काशन गर्न २०७९ कार्तिक २ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

१९. बिपीडब्ल्यू लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार ८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

२०. कुथेली बुखरी हाइड्रोपावर कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ साउन ४ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२१. ट्रेड पावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न २०७९ असार १४ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

२२. सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार २४ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२३. अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२४. रावा इनर्जी डेभलपमेन्ट कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार १३ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२५. सुपरमाइ हाइड्रोपावर कम्पनीले १० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ मंसिर २० गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२६. मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ साउन १ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२७. बाराही हाइड्रोपावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२८. एशिएन हाइड्रोपावर कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ पौष ११ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ८० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

२९. कालिञ्चोक दर्शन कम्पनीले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

३०. सिटी होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र ३० गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

३१. इङ्ग्वा हाइड्रोपावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

३२. सुपर मदी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार १५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

३३. शुभम् पावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

३४. थ्री स्टार हाइड्रोपावरले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ असार १ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

३५. आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र २१ गते निवेदन दिएको थियो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

पछिल्लो समय आईपीओ निष्काशनका लागि सेबोनको पाइपलाईनमा रहेका थुपै कम्पनीलाई बोर्डले स्वीकृती दिएको धितोपत्र बोर्ड सेबोन० का डेपुटी एक्सक्ल्युसिभ डाइरेक्टर रुपेश केसीले बताए । उनले कम्पनीहरु आईपीओ निष्काशनको लामो समय देखि पाइपलाइनमा बस्नुको बाध्यकारी कुनै ठोस कारण नभएको भन्दै कर्मचारी सरुवा बढुवाले गर्दा पनि अनुमति दिन ढिलाई भएको बताए । तर,कतिपय कम्पनीको भने फाइनान्सियल लगाएतका कारणले गर्दा लामो समय पर्खाइमा रहेको भन्दै केसीले उनिहरुको काम पनि अडिट रिर्पाेट हेरेर तिब्र रुपले अगाडी बढाउने बताए ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार ११:४८