शेयर बजारमा चमक, लघुवित्तमा बढ्याे लगानीकर्ताकाे आकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा चमक, लघुवित्तमा बढ्याे लगानीकर्ताकाे आकर्षण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आईतबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से ४३.२० अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ३७ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ८.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७९ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंक बढेको छ।

त्यस्तै,आज शेयर बजार बढेसंगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। गत साताको शुक्रबार ८९ करोड ८९ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २२८ कम्पनीमध्ये १८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ।

यसमध्ये पनि आज पाँच कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सबै लघुवित्त वित्तिय संस्था रहेका छन् । मानुषी लघुवित्त वित्तिय संस्था, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो लघुवित्त र उपकार लघुवित्तको शेयर १० प्रतिशतले बृद्धि भएको छ भने उन्नती सहकार्य लघुवित्तको शेयर पनि ९.९१ प्रतिशतले बढेको छ । त्यसैगरी श्वेत–गंगा हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तको शेयरपनि आज ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

नेप्सेका अनुसार आज म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । जसमा नबिल इक्विटी फण्ड र आरबीबी म्युचुअल फण्ड रहेको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज १० करोड १४ लाख ९६ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २० कार्तिक २०७९, आईतवार १५:३९