बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे



काठमाडाै १४ पुस । बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरा विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. घिमिरेलाई नियुक्त गरेको हो ।

अर्थमन्त्रीसमेत रहेको उपप्रधानमन्त्री कृष्णबहादुर महराले डा. घिमिरेसहित चिरञ्जीबी चापागाईँ र खेम बराल गरि ३ जनाको नाम बीमा समितिको अध्यक्षका लागि प्रस्ताब गरेका थिए ।

पोखरा घर भएका घिमिरे माओवादी  निकट हुन । घिमिरेले बीमा विषयमा विद्यावारिधी गरेका छन् । समितिको अध्यक्ष बन्न  घिमिरेसगै , केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई,  ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर,  केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा  लविङ  गर्दै अाएका थिए ।

पुस ७ गते ४ वर्षे कार्यकाल पुरा गरी डा. फत्तबहादुर केसी बाहिरिएपछि बीमा समितिमा नयाँ अध्यक्ष नियुक्ति गरेको हो ।

प्रकाशित : 29 December, 2016 1:13 pm