अब सेयर बजार कता जाला ? यसो भन्छन् लगानीकर्ताका नेताहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब सेयर बजार कता जाला ? यसो भन्छन् लगानीकर्ताका नेताहरु



काठमाडौं । तिहार अगाडी निरन्तर ओरोलो लागेको नेपालको पुँजीबजार चाँडवाड पछीका केहि दिनमा भने मार्केटमा उत्साह छाएको छ । जसले गर्दा लगानीकर्ताहरुमा केहि हदसम्म भएपनि आशा पलाएको बुझ्न सकिन्छ । पछिल्लो समय बढेको सेयर बजारलाई लिएर लगानीकर्ता उत्साहित देखिएका छन् । तर यो उत्साहलाई कहिले सम्म कायम रहने हो भन्ने टुंगो भने छैन ।

यो साताको पहिलो कारोबार दिन १६.३९ अंक बढेर बन्द भएको नेप्से दोस्रो दिनमा साढे तीन महिना एताकै उच्च ५६.११ अंक ले बृद्धि भएको थियो । जसले गर्दा पनि लगानीकर्तामा एक किसिमको आशा पलाएको हो । यस अघि गत साउन ८ गते ६१.०५ अंक बढेर बजार बन्द भएको थियो ।

समग्र आर्थिक तथा राजनीतिक घटनाक्रमबाट शेयरबजार प्रभावित बन्दै आएको छ। शेयर बजारमा उतारचढाव आउनु सामान्य भएको विज्ञहरू बताउँछन्। चुनावी माहोलका साथै शेयरबजार बढ्ने सिजन, तरलता सहजता हुन्छ भन्ने कुराहरुले गर्दापनि अहिलेको समयमा शेयरबजारमा यस्तो रौनक देखिएको उनिहरु बताउछन् ।

मर्केट बढ्नका लागि एउटा मात्र कुराले असर गरेको हुदैन । एउटा चुनावी माहोलले अर्थतन्त्रलाई चलाएमान बनाउनुका साथै त्यसको असर क्यापिटल मार्केटमा पनि देखिन्छ । त्यसैले अहिलेको बजारलाई हेर्दा चुनावले गर्दा तरलतामा केहि सहज हुन्छ भन्ने विश्वास र बटम लागिसकेको लगानीकर्तालाई अनुभव भएको कारणले गर्दा मार्केटमा यो हलचल आएको बताउछन् सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला ।

मार्केट बढ्न एउटामात्र कुरा बाकी छ, जुन बजार प्रति लगानीर्ताको सकारात्मक भावना बन्न बाँकी छ । यसका साथै यो पटकको चुनावले तरलता सहज बनाउने विश्वास छ । त्यसैगरी, लगानीकर्ताहरुले विभिन्न प्रयास र कार्यक्रमहरुलाई हरेक पार्टीहरुले शेयरबजारलाई नछुने, घोषणापत्रमा नसमेटिने गरेको अवस्था रहेको थियो । तर, ती कुराहरुलाई लगानीकर्ताका माग, आन्दोलन,कार्यक्रमले गर्दा अहिले प्रत्येक पार्टीले शेयरबजारलाई प्राथमिकतामा राखेर घोषणापत्र जारी गरेकाले आम लगानीकर्तामा विश्वासको बातावरण सिर्जना भई मार्केटमा सकारात्मक सेन्टिमेन्ट बढ्न थालेको उनि बताउछन् ।

बास्तोलाले भने, अहिलेको मार्केटले निरन्तरता पायो भने घट्नलाई बटम लागि सकेको अवस्था रहेको छ । बजार सधै घट्ने भन्ने हुदैन । १४ महिनामा बजार १४ सय घटिसकेको थियो । अहिले सबै तिरबाट सकारात्मक कुरा आईरहेकाले ब्याज अहिले नै नबढ्ला, अहिलेको अवस्था भनेको बैकिङ्ग क्षेत्रमा १५ महिनाको व्याज तिरेको बेला हो । यसका साथै अहिले भनेको सबै कम्पनीले बोनस पाउने समय भएर पनि सधै नकारात्मक विन्दुमा गएको अहिले सकारात्मक लयमा र्फकिएको शेयर लगानीकर्ता छोटेलाल रौनियार बताउछन् ।

नेपालमा पहिला उच्च बिन्दुबाट ४५ प्रतिशत सम्म घट्ने बजार अहिले सर्वाधिक उच्च बिन्दुबाट १४ सय अंक घटेको छ । जसले गर्दा बजार सुधारका पोलिसीहरु ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज ल्याउने, कमोडिटी कारोबार खुल्ला गर्ने, बैदेशिक रोजगारीमा गएका युवाहरुले रेमिट्यान्स पठाउदा १० प्रतिशत आईपीओका लागि आरक्षण गर्ने लगाएतका बिषयहरु पाइपलाइनमा छन् । त्यसैगरी, चुनावपछि एक किसिमको बाटो बनेर बजारले एउटा लय लिने रोनियार बताउछन् । यो समय सकारात्मक रहेको छ जसले गर्दा बजार बढ्नेमा उनि विश्वस्त रहेका छन् ।

बजारमा लगानी गर्ने समय अहिले रहेको बताउदै उनले २० प्रतिशत रिक्स लिएर ८० प्रतिशत अबसर प्राप्त गर्न सकिने समय रहेको बताए । बैकिङ्ग प्रणालीमा सिडी रेसियोको चाप घट्दै गएको छ । असोज महिनामा मात्रै ६६ अर्बको निक्षेप संकलन भयो ।त्यसमा पनि तरलता सहज हुदै गयो भने अहिले बैक वितिय क्षेत्रले लाभाश दिने समयपनि रहेको, चुनावी माहोल रहेकाले राजनितिक पार्टीहरुले पुँजीबजारबाटै पार्टीको धारणा र आगामी कार्यदिशाको सम्वन्धमा स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन् । त्यसले गर्दापनि लगानीकर्तालाई पुँजीबजारलाई सकारात्मक र उत्साहित बनाएको लगानीकर्ताहरुको बुझाइ छ ।

बजार अनुसन्धानकर्ताहरुले पनि बजार अलि बढेपछि बजार सकारात्मक दिशामा गयो वियर स्टिम सकियो भन्ने हल्ला लगाएतले चुनावी बर्षहरुमा बजार उकालो नै रहने पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले बताईन् । त्यसैगरी तरलता सहज होला, व्याजदर अलि घट्ला भन्ने लगानीकर्ताको मानसिकता दर्हो भएको उनले बताईन् ।

अहिलेको समयमा नयाँ स्टक एक्सचेन्ज,ब्रोकर कम्पनीको लाइसेन्स बिरुद्ध सर्वोच्चमा मुद्दा परेको छ। यस्ता कुराहरुले बजारमा नकारात्मक असर फैलाउने कारणले गर्दा बजार तलमाथी हुने हो यसैमा पनि सकारात्मक कुराहरु आयो भने तरलता सहज भयो भने बजार माथी उठ्ने सम्भावना धेरै रहेको पोखरेलको भनाई छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १४:५६